Comments Add Comment

सुन्दर केशका लागि कोम्बिङ केयर

यदि तपाईं केशको हेरचाहमा कोम्बिङ अर्थात केश कोर्ने कुराको महत्वलाई बिर्संदै हुनुहुन्छ भने सावधान हुनु होस् । किनभने, केशका लागि जति तेल लगाउन, राम्रो स्याम्पू प्रयोग गर्न र कन्डिशनरको आवश्यकता पर्दछ, त्यति केशलाई सही तरिकाले कोर्न पनि आवश्यक छ ।

कालो, बाक्लो, सुन्दर, सलक्क परेको केशका लागि नियमित काइँयो अथवा ब्रशको प्रयोग पनि उत्तिकै आवश्यक पर्छ । आज हामी काइँयोले केश कोर्नाले केश कसरी सुन्दर हुन्छ भन्ने कुराको बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।

-केश कोर्दा टाउकोको छालामा लुकेको तैलीय ग्रन्थी सक्रिय हुन्छ र तेल केशमा प्रवाहित हुन्ा थाल्छ । त्यसैले तपाईंले केश जति पटक कोर्नु हुन्छ, केश त्यति नै चम्किलो र नरम हुँदै जान्छ ।

-केश कोर्नाले केशमा लट्टा पर्न पाउँदैन र यो सलक्क पर्छ । यदि तपाईंले लामो समयदेखि केश कोर्नु भएको छैन भने तपाईंको केशमा लट्टा पर्न थाल्छ र लट्टा फुटाउँदा केश टुक्रिने खतरा बढ्छ । यदि समयमा नै लट्टा फुटायो भने केश टुक्रन र र्झन पाउँदैन ।

-केश कोर्नाले केशको रोम छिद्र खुल्छ । यसबाट केशलाई अक्सिजन प्राप्त हुन्छ र रक्त सञ्चार सही प्रकारले हुन्छ । जसका कारण केशमा प्राकृतिक कन्डिशनिङ प्राप्त हुन्छ ।

ध्यान दिनु पर्ने कुराहरु

भिजेको केश कहिल्यै पनि कोर्नु हुँदैन । भिजेको केश कोर्दा केशको जरा कमजोर हुन थाल्छ । जसका कारण केश टुक्रने र झर्ने खतरा बढ्छ । यदि चिसो केश कोर्नु नै पर्‍यो भने काठको काइँयोको प्रयोग गर्नु पर्छ । केश कोर्नका लागि प्लास्टिकको काइँयो भन्दा काठको काइँयो उपयुक्त हुन्छ ।

यदि केशमा धेरै लट्टा परेको छ भने छिट्टो-छिट्टो केश कोर्नु हुँदैन । शुरुमा औंलाहरुको सहायताले विस्तारै-विस्तारै लट्टा फुटाउनु पर्छ । त्यसपछि मोटो दाँत भएको काइँयोले केशलाई विस्तारै-विस्तारै लट्टा फुटाउनु पर्छ । केशको  लट्टा छिट्टो फुटाउन खोज्दा केश टुक्रनुका साथै केश तान्दा केशको जरा कमजोर हुन थाल्छ ।

धेरै केश कोर्नु पनि केशको स्वास्थ्यका लागि सही हुँदैन । त्यसैले दिनमा दुई देखि तीन पटकसम्म केश कोर्नु पर्छ ।

केश कोर्ने काइँयो सधैं सफा राख्नु पर्छ । फोहोर काइँयो प्रयोग गर्दा त्यसमा भएका फोहोरहरु केश भित्र जान्छ, जसका कारण चाया पर्ने खतरा बढ्छ । फोहोरले केशको रोमछिद्र बन्द हुन्छ, जसका कारण केशले अक्सिजन पाउँदैन । जसका कारण केश ड्यामेज हुन  सक्छ ।

यदि केशमा कुनै हेयर मास्क, मेहेन्दी, क्रीम अथवा अन्य केही लगाएको छ भने त्यति बेला केश कोर्नु हुँदैन । त्यस्तो समयमा केश कोर्नाले केश ड्यामेज हुने सम्भावना धेरै हुन्छ ।

सुत्नु अगाडि केश कोर्ने बानी बसाल्नु पर्छ । केशलाई धेरै कसेर बाँध्नु हुँदैन । यदि तपाईंको केश छोटो छ भने त्यसलाई त्यतिकै छाडिदिनु पर्छ ।

स्याम्पू गर्नु अगाडि केश कोर्नु पर्छ । नुहाइ सकेपछि केशलाई सुकाउनका लागि केशलाई तौलियामा लपेट्नु पर्छ । यसो गर्नाले केशमा लट्टा पर्ने समस्य धेरै कम हुन्छ ।

यदि तपाईंको केशमा धेरै बाक्लो तथा घुमि्रएको छ भने त्यस्तो केशलाई काइँयोले कोर्नु अगाडि ब्रशको प्रयोग गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment