+
+

जन्मदिनसँगै बिहेमा रम्दै प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १४:२३

नायिका प्रियंका कार्कीको आज जन्मदिन हो । नायिका कार्कीको यस पटकको जन्मदिन अझै विशेष छ । कारण, उनी बैबाहिक जीवनमा प्रवेश गर्ने तयारीमा छिन् । नायिका कार्कीको बिहेका विभिन्न कार्यक्रम केही दिनदेखि काठमाण्डौको एक होटलमा चलिरहेको छ । मेहेन्दी, संगीत समारोह आयोजना भैसकेका छन् ।

उनी बैबाहिक जीवनमा पनि बाँधिएकी छिन् । बिहेकै दिन प्रियंकाले आयुष्मानलाई आफ्नो जीवनसाथी बनाएकी छिन् ।

नायक आयुष्मान देशराज जोशीसँग केही बर्ष प्रेममा रहेपछि नायिका कार्कीले बिहे गर्ने निर्णय गरेकी हुन् । आयुष्मान र प्रियंकाले बिहेकालाई भव्यता दिनका लागि कुनै कसर बाँकी राखेका छैनन् । नायिका कार्की र नायक देशराजले ब्याचलर पार्टी दिएसँगै बिहेको कार्यक्रम सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?