+
+
Shares

नेप्सेको उछाल कायमै, आज पनि रेकर्ड ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १५:१३

१५ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार पनि सेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल कायमै देखिएको छ । बुधबार ५१ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको हो ।

नेप्से परिसूचक ३६ दशमलव ०५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ मा पुगेको छ । बुधबारको तुलनामा यो २ दशमलव २६ प्रतिशतले बढी हो ।

सेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड कायम भएको छ । ४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएर बुधबार कायम भएको रेकर्ड बिहीबार ४ अर्ब ४६ करोडको कारोबार भए नयाँ रेकर्ड कायम भएको हो ।

कारोबार रकममा मात्रै कारोबार संख्या र काराेबार भएकाे सेयर संख्यामा समेत नेप्सेले रेकर्ड ब्रेक गरेको छ । दिनभर भएका ३५ हजार ४ सय ६७ काराेबारबाट एक कराेड ८ लाख ५९ हजार ६ सय कित्ता सेयर किनबेच भएर नयाँ रेकर्ड कायम भएकाे हाे ।

यसअघि बुधबार ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका थिए ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको बिहीबार २८ करोड ९२ लाख रुपैयाँ भन्दा धेरै रकमको सेयर किनबेच भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा एनआइशी एशिया बैंक र एनएमबि बैंक देखिएको छ । यि बैंकहरुको क्रमशः २० करोड ५९ लाख ४६ हजार ५ सय ५ रुपैयाँ र १५ करोड ७० लाख ६१ हजार २ सय ३८ रुपैयाँको सेयर बिनबेच भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?