+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अमेरिकी दूतावासका नक्कली कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १५:२२

१६ फागुन, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी भएको दाबी गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ का ४१ वर्षीय विकास भनिने केदार खड्का छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार बिहीबार दिउँसो खड्का पक्राउ परेका हुन् । थापाका अनुसार खड्काले दूतावासको ‘एक्जुकेटिभ म्यानेजर’ भएको बताएर लाखौं रुपैयाँ ठगी गरेका थिए ।

उनी संलग्न ठगीका श्रृंखलाबारे विस्तृत अनुसन्धान भइरहेको थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?