+
+
Shares

प्रभु बैंकको गुडलक सेभिङ निक्षेप योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १५:२४

१६ फागुन, काठमाडौं ।  प्रभु बैंकले गुडलक सेभिङ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित उक्त योजना ल्याएको हो ।

शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्फबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ ।

यस योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटलसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरु मै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु जस्तै आइपीओएस, एफपिओएस, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?