Comments Add Comment

हायात रिजेन्सीमा खुल्यो ‘द लिभिङ रुम’

१६ फागुन, काठमाडौं । योङ, ट्रेन्डी तथा स्वस्थसम्बन्धी सचेत खानाका पारखीहरूका लागि काठमाण्डौँमा ‘द लिभिङ रुम’ रेष्टुरेन्ट खुलेको छ । यो भर्सटाइल रेष्टुरेन्ट हायात रिजेन्सीको लबी एरियामा अवस्थित रहेको छ ।

शान्त वातावरणमा रहेको ‘द लिभिङ रुम’ रेष्टुरेन्टहुँदै टेरेस (छत) मा जान सकिन्छ । ’दलिभिङ रुम’ जसको शाब्दिक अर्थ हुन्छ बैठक कोठा जहाँ परिवारका सबै सदस्यहरूको जमघट हुन्छ र रमाइला कुराहरू हुने गर्छन् । यसको नाम जस्तै यो रेष्टुरेन्ट होटल हायात रिजेन्सीमा सबै उत्सवहरू वा रमाइलो पलहरूमा जमघट हुनका लागि उपयुक्त स्थान भएको होटलले जनाएको छ ।

आधुनिक इन्टेरियर डेकोरेशन रहेको ‘द लिभिङ रुम’ ले फुड तथा बेभरेज इन्डष्ड्रीमा नयाँ ट्रेन्डहरू कायम गर्ने उद्देश्यका साथ स्थापना भएको जनाइएको छ । ‘द लिभिङ रुम’ को मुख्य विशेषताहरूमा योङ, ट्रेन्डी तथा स्वस्थकर रहेको होटलले जनाएको छ ।

‘द लिभिङ रुम’ मा पाइने खानेकुराहरूमा हायातको “फार्म टु प्लेट” अवधारणामा केन्द्रित रहेको जनाइएको छ । रेष्टुरेन्टको ओपन किचेनमा नो फ्राइड अर्थात् तारेको केही पनि प्रयोग नगरिने जनाइएको छ ।

जापान, जोडर्न, इजिप्ट, ओमान, मलेसिया, ट्रिनियाड तथा टोबागो लगायतका देशहरूमा अनुभव बटुलेका रेष्टुरेन्टका कार्यकारी सेफ डेबार्या चक्रवर्तीले आधुनिक समय अनुसारको स्वस्थ खानपान र नवीनतालाई ध्यानमा राखी मेनु तयार पारेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment