+
+
Shares

इटहरीमा ५० शैयाको सैनिक अस्पताल सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १६:४७

१६ फागुन, काठमाडौं । इटहरीस्थित पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शैयाको सुविधा सम्पन्न सैनिक अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

अस्पतालको शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले एक समारोहकाबीच उद्घाटन गरेका छन् ।

प्रधानसेनापति थापाले अस्पताल सञ्चालनमा आएसँगै सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवारका सदस्य स्वास्थ्य उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सैनिक कल्याणकारी कोषको लगानीमा अस्पताल निर्माण गरिएको सेनाले जनाएको छ ।

अस्पतालमा जनरल, मेडिकल, डेन्टल, प्याथोलोजी, इएनटी, गाइनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओटी लगायतका सेवाहरु संचालनमा ल्याइएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?