Comments Add Comment

सरकारविरुद्ध देशैभर नेविसंघको प्रदर्शन

Photo Credit : त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थी ।

१८ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

उपत्यकाका कीर्तिपुर, त्रिचन्द कलेज, प्रदर्शनी मार्ग, सरस्वती क्याम्पस, पाटन क्याम्पस,कमर्श क्याम्पस, पशुपति क्याम्पस, शंकरदेव क्याम्पस, कोटेश्वर क्याम्पसलगायत देशैभर प्रदर्शन गरिएको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, विदेशबाट आयात गरिने पुस्तकमा लगाइने कर खारेज गर्नु पर्ने, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुनिश्चित गर्नु पर्ने र राजीनामा दिदैमा भ्रष्ट्राचारमा संलग्नलाई उन्मुक्ति दिन नहुने माग नेविसंघको छ ।

किताबमा कर लगाएर सरकारले शिक्षालाई महँगो बनाएको र सुरक्षण मुद्रण खरिद प्रकरणमा कमिसन मागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा दिएकै भरमा उन्मुक्ति दिन खोजिएकोले आन्दोलनमा उत्रिएको महामन्त्री भट्टराईले बताए ।

आरआर कलेजमा प्रदशर्मा उत्रिएका नेविसंघका विद्यार्थी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment