Comments Add Comment

फिल्म प्रचारका लागि दर्शकसँग प्रत्यक्ष जोडिदै पूजा र पल

नायक पल शाह र नायिका पूजा शर्माले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को व्यापारको आँकडा विभिन्न कोणबाट लगाउन थालिएको छ । यो चलचित्रले ठूलो संख्यामा दर्शक तान्ने अपेक्षा चलचित्रकर्मीको छ । यसैले पनि यसको निर्माणपक्षले चलचित्र प्रचारका लागि प्रत्यक्ष दर्शकसँग नै पुग्ने योजना अघि सारेको छ ।

चलचित्रको प्रचारका लागि बिहिबार काठमाण्डौको एउटा कलेजमा पुगेका पल र पूजा शुक्रबार भने सुर्खेत पुगे । सुर्खेतमा आयोजना भएको महोत्सवमा पुगेका पल र पूजा हजारौ दर्शकमाझ उपस्थित भए ।

सुर्खेत पुगेका पल र पूजाले दर्शकसँग चलचित्रको गीतमा नृत्य गरे, चलचित्रका बिषयमा बोले । नायक पल शाहले त आफ्नो घर दाङमा रहेको भन्दै सुर्खेत आउने चाहना पुरा भएको सुनाए ।

चलचित्रका मुख्य कलाकार पूजा र पल शनिबार काठमाण्डौको सोल्टी होटलमा आयोजना भएको एक कलेजको कार्यक्रममा पुगे । फेसन, म्यूजिकलाई समावेश गरिएको कार्यक्रममा उनीहरु पुग्दा कार्यक्रममा सहभागी यूवायूवतीहरु उत्साहित देखिए । पल र पूजाले यो कार्यक्रममा पनि चलचित्रको प्रचार गरेका थिए ।

निर्देशक सुदर्शन थापाका अनुसार, चलचित्र रिलिज अगाडिसम्म दर्शकसम्म प्रत्यक्ष जोडिने यस्ता थुप्रै कार्यक्रममा चलचित्रका कलाकारले सहभागीता जनाउनेछन् । फागुण ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीत र ट्रेलर हिट भैसकेको छ । चलचित्रले इनिसियल व्यापार आक्रामक गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment