Comments Add Comment

सामुदायिक मुटु अस्पतालमा आईसीयू र भेन्टिलेटरसहितको एम्बुलेन्स

१९ फागुन, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आईसीयु र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरु गरेको छ ।

रोटरी क्लव अफ सेन्ट्रल र मुटु अस्पतालले सांस्कृतिक कार्यक्रम गरी संकलन गरेको करिब ५० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको हो ।

अस्पतालका अनुसार यस्तो सुविधासहितको एम्बुलेन्स सेवा प्रदेश ५ मै पहिलो हो । उक्त एम्बुलेन्सको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमबार शुभारम्भ गरे ।

एम्बुलेन्समा चिकित्सक,अति सघनकक्ष र भेन्टिलेटरको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए । डाक्टर र भेन्टिलेटरसहित बुटवलबाट काठमाडौं जाँदा ४० हजार र डाक्टर र भेन्टिलेटरविना स्वास्थ्यकर्मीसहित जाँदा २५ हजार रुपैयाँ भाडा कायम गरिएको आलमले बताए ।

एम्बुलेन्स सेवा शुभारम्भ गर्दै मन्त्री बरालले स्वास्थ्य र शिक्षामा निजी क्षेत्रको लगानी र भूमिका अझै केही वर्ष आवश्यक रहेको बताए । समुदायको लगानीमा स्थापित मुटु अस्पतालले स्वास्थ्य क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको उनले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment