+
+

बालुवाटारमा अभिनेत्री श्वेताको ‘मल्टी कुजिन’ रेष्टुरेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते ११:४१

वालुवाटारको पूर्वी गेटबाट रसियन राजदुतावासबाट केही अगाडि बढेपछि भेटिन्छ, हिमालयन जाभा । हिमालयन जाभालाई दाँया पारेर भित्र मोडिएपछि तपाईं एउटा रेष्टुरेन्टको सम्मुखमा पुग्नुहुनेछ । रेष्टुरेन्ट हो, इलिमेन्ट्स ।

गजब कुरा सुनाइहालौं, रेष्टुरेन्टको साजसज्जामा आधुनिक र प्राचिन शैलीको आकर्षक समायोजन छ । परम्परागत नेपाली शैलीमा कुँदिएका काठको खम्बा, बार्दली । आवरणमा आधुनिक संरचना । सुरुमा त तपाईंलाई त्यहाँको आन्तरिक सज्जाले लोभ्याउनेछ । त्यसपछि थरीथरीका परिकारले ।

इलिमेन्ट्सको विशेषता के भने, यहाँ तपाईंले ब्रेकफास्टदेखि डिनरसम्म खान सक्नुहुनेछ । यो मल्टी कुजिन अर्थात बहु-ब्यञ्जन रेष्टुरेन्ट हो । इलिमेन्ट्सको मेनुमा तपाईंले रेन्बो ट्राउटदेखि ग्रील्ड पोर्क चपसम्म पाउनुहुनेछ । नेपाली, इन्डियन, चाइनिज, जापानिजदेखि कन्टिनेन्टलसम्मका परिकारले स्वाद फेर्न सकिनेछ ।

भनिहालौं, श्वेता खड्का यस रेष्टुरेन्टका सञ्चालक हुन् । चलचित्रसँगै उनले उनले महिला उद्यमीको रुपमा पनि आफ्नो चिनारी बनाएकी छिन् । खासगरी हस्पिटालिटी क्षेत्रमा श्वेताको रुची देखिन्छ । श्वेता भन्छिन्, ‘बाहिर घुमफिर गर्दा कति रेष्टुरेन्टमा पुगिन्छ, बसिन्छ । अनि हामीकहाँ पनि यस्तै रेष्टुरेन्ट भए कति सजिलो हुन्थो होला भनेर सोच्थें । आफुले खोजेजस्तै रेष्टुरेन्ट बनाउनका लागि नै म यस व्यवसायमा लागेकी हुँ ।’

 

यसअघि नै श्वेताले बालुवाटार र दरबारमार्गमा हिमालयन जाभाको दुई वटा आउटलेट सञ्चालन गरिरहेकी छिन् । ‘कफी मात्र उपलब्ध हुँदा आगन्तुकहरुले अरु परिकारको पनि अपेक्षा गर्ने रहेछन्’ श्वेता भन्छिन्, ‘त्यसैले कफीदेखि ब्रेकफास्ट, लन्च, डिनरसम्म पाउने रेष्टुरेन्ट सञ्चालनमा लिएकी हुँ ।’

 

रेष्टुरेन्टमा तपाईंले परिवारसहित पनि मनोरञ्जन लिन सक्नुहुनेछ । किनभने यो एक पारिवारिक रेष्टुरेन्ट हो । शान्त वातावरण र सांगीतिक माहौलमा नयाँ-नयाँ परिकारको स्वाद लिन सकिनेछ । इलिमेन्ट्मा प्रत्यक्ष सांगीतिक प्रस्तुती पनि रहनेछ ।

 

संगीतका साथमा मदहोस् साँझ विताउन चाहनेका लागि पनि इलिमेन्ट्स उपयुक्त गन्तव्य हुनसक्छ । रेष्टुरेन्ट भित्र बार छ । त्यससँगै भान्सा । रेष्टुरेन्टले स्वादको विविधतामा मात्र जोड दिएको छैन सफा, ताजा पनि छ । सेवा-सुविधा छरितो छ । लगभग २ सय जना क्षमताको रेष्टुरेन्टमा विशेष जमघट, पार्टी पनि आयोजना गर्न सकिनेछ ।

रेष्टुरेन्टमा पार्किङको व्यवस्था पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?