+
+
Shares

दिल्ली हिंसा : प्रहरीलाई पेस्तोल ताक्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १३:१३

२० फागुन, काठमाडौं । दिल्ली हिंसाको क्रममा प्रहरीलाई पेस्तोल ताक्ने एक प्रदर्शनकारी पक्राउ परेका छन् । मोहम्मद शाहरुख नामका युवक उत्तर प्रदेशको शामली भन्ने स्थानबाट पक्राउ परेका हुन् ।

उनले नयाँदिल्लीको जाफरवादमा हेड कन्सटेबल दीपक दहियालाई पेस्तोल तोकेका थिए । त्यसपछि आठ राउन्ड फायर पनि गरेका थिए । लगत्तै, पक्राउ पर्ने डरले उनी आफ्नो परिवारका सदस्यसहित फरार भएका थिए । उनले पेस्तोल तोकेको तस्वीर र भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।

शाहरुख दिल्लीको थाना उस्मानपुरका बासिन्दा भएको खुलेको छ । उनको घरमा ताला लगाइएको छ । उनका परिवारका सदस्य र साथीहरु पनि फरार भएको बताइएको छ ।

शाहरुखका बुवा साबिर लागुऔषध माफिया भएको र उनी एक पटक जेल पनि परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?