+
+

मानव सेवा आश्रमको भवन बनाउन वीरगञ्ज महानगरले दियो जग्गा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १५:४१

२० फागुन, वीरगञ्ज । मानव सेवा आश्रमको वीरगञ्जस्थित शाखाका लागि वीरगञ्ज महानगरपालिकाले जग्गा दिएको छ । सडकमा अलपत्र परेका सहयोगापेक्षी मानवलाई गाँस, बास, कपास र स्वास्थ्य उपचारको व्यवस्था गर्दै आएको आश्रमका लागि महानगरपालिकाले जग्गा दिएको हो ।

जग्गा दिने प्रक्रियामा लागेको महानगरपालिकाको ०७६ कात्तिक २९ गते बसेको कार्यपालिका बैठकले आश्रमलाई जग्गा दिने निर्णय गरेको थियो । त्यसको औपचारिक कार्यान्वयन गर्दै महानगरपालिकाले वीरगञ्ज– १५ स्थित कित्ता नं १६८ को जग्गा मध्ये उत्तर तर्फ २३ फिटको बाटो छाडी त्योदेखि दक्षिण तर्फ बाँकी जग्गामा मानव सेवा आश्रमको भवन निर्माण गर्न सहमति दिएको जानकारी गराएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार महतोले मानव सेवा आश्रमको भवन निर्माणका लागि जग्गा दिइसकेको जानकारी दिए ।

आश्रमको भवन निर्माणका लागि महानगरपालिकाले ९ कठ्ठा जमिन उपलब्ध गराएको हो । जग्गा उपलब्ध भएसँगै भवन निर्माणका लागि प्रक्रिया सुरु गर्न सहज भएको आश्रम शाखाका देवेश गुप्ताले जानकारी दिए ।

‘भाडाको घरमा आश्रम सञ्चालन गर्दा विभिन्न समस्या छ, जग्गा नहुँदा भवन निर्माणका लागि काम गर्न कठिनाई भईरहेको थियो ।’ उनले भने ‘ अब जग्गा दिएको औपचारिक जानकारी आएको छ । छिट्टै भवन बनाउने काम अगाडी बढ्छ ।’

आश्रमको वीरगञ्ज शाखामा १ शिशुसहित ४० जना आश्रित छन् । जग्गाको बन्दोबस्त भए भवन निर्माणका लागि पैसाको कमी हुन नदिने आश्वासन अघिल्लो वर्ष मुख्यमन्त्री लालबाबु राउतले दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?