+
+
Shares

थाइल्याण्डविरुद्ध भुवन कार्कीको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते ८:२८

२१ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग टस हारेर पहिले बलिङ गर्दैछ । थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

यसै खेलबाट नेपालका स्पीनर भुवन कार्कीले टी– २०मा डेब्यु गर्दैछन् । उनी सुशन भारीको स्थानमा पहिलो रोजाइमा परेका हुन् ।

नेपाल र थाइल्याण्ड दुवै टोली प्रतियोगितामा जितविहीन छन् त्यसैले पहिलो जितको खोजीमा छ । लगातार तीन खेल हारिसकेको थाइल्याण्ड शीर्ष दुईको होडबाट बाहिरिइसकेको छ ।

दुई खेल हारेको नेपालको भने नो सम्भावना बाँकी छ । त्यसो सम्भावनालाई अझ कायम राख्न नेपालले थाइल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?