Comments Add Comment

लिभरपुललाई हराउँदै चेल्सी एफए कपको क्वाटरफाइनलमा

२१ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल एफए कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । लण्डन क्लब चेल्सी लिभरपुललाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले दुवै हाफमा १–१ गोल गरेको थियो । चेल्सीका लागि १३ औं मिनेटमा विलियन र ६४ औं मिनेटमा रोस बार्कलेलले गोल गरे । यसअघि नै अर्को लण्डन क्लब आर्सनल क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

यस्तै प्रिमियर लिगकै न्यूकासल युनाइटेड र शेफिल्ड युनाइटेड पनि क्वाटरफाइनलमा पुगेको छ । न्यूकासलले चयाम्पियनसिप क्लब वेष्टब्रोमलाई ३–२ ले हरायो । यस्तै शेफिल्डले च्याम्पियनसिपकै रिडिङलाई २–१ ले पराजित गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment