+
+
Shares

प्रधानमन्त्रीलाई भेट्न मन्त्रीदेखि मुख्यसचिवसम्म अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते ९:४७

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री, दलका नेता, कर्मचारीलगायतले भेटेका छन् ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटर लैजानुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्याल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलगायतले भेटेका हुन् ।

त्यस्तै, नेकपा महासचिव विष्णु पौडेल, अर्का नेता आनन्द पौडेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायतले पनि प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान अस्पताल पुगेका थिए ।
प्रधानमन्त्रीको स्वास्थ्यलाभकाे कामना गर्दै उनका शुभेच्छुक तथा नेकपाका कार्यकर्ता अहिले अस्पताल परिसरमा भेला भएका छन् ।

ओलीको बुधबार बिहान मिर्गौला प्रयारोपण हुँदैछ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि ओलीको मिर्गौलाको दोस्रो प्रत्यारोपण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?