Comments Add Comment

नेपाललाई थाइल्याण्डको ६७ रनको लक्ष्य

२१ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डबाट ६७ रनको लक्ष्य पाएको छ ।

टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको हो ।

घरेलु टोली थाइल्याण्डका लागि हेन्नो जोर्डनले सर्वाधिक १३ रन बनाए भने विकेटकिपर फिरियापोङ सुअनचाई १२ रनमा अविजित रहे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले ४ ओभरमा १ ओभर मेडन राख्दै १२ रन खर्चिएर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

यस्तै टी२० अन्तर्राष्ट्रिय डेब्यु गरेका भुवन कार्कीले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर १ विकेट लिए ।

सन्दीप लामिछानेले शुरुवाती तीन ओभर मेडन गरेपछि ४ ओभरमा ९ रन खर्चिए । उनले आफ्नो तेस्रो ओभरमा वाइडबाट १ रन दिएका थिए भने अन्तिम ओभरमा ८ रन खर्चिएका थिए । सन्दीपले १ विकेट लिए ।

पारस खड्काले २ ओभरमा ३ रन र कुशल मल्लले २ ओभरमा ४ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment