Comments Add Comment

विराटनगरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

२१ फागुन, विराटनगर । टिपरको ठक्करबाट विराटनगरमा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार राति ९ः३० बजे विराटनगर घिनाघाट–विराटचोक सडक खण्डको विराटनगर १९ मिलनचोकमा टिपरले अटोलाई ठक्कर दिँदा ४५ वर्षीय बाबुराम सरदार र ६ वर्षीया सबिता सरदारको मृत्यु भएको हो ।

मृतक बाबुराम र सबिता नाताले हजुरबुबा र नातिनी पर्दछन् । बाबुराम अटो चालकसमेत हुन् ।

मंगलबार राति विराटचोकबाट विराटनगर तर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरीत दिशा तर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

ठक्करबाट अटो चालक मोरङ ग्रामथान गाउँपालिका २ बस्ने बाबुराम र उनको नातिनी सबिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

प्रहरीले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ का ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयबासीले टिपरमा आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment