Comments Add Comment

प्रतिनिधिसभाद्वारा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलताको कामना

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न होस् भन्ने कामना गरेको छ ।

बुधबार विशेष प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाले मिर्गौला प्रत्यारोपण सफलताको कामना गर्नुका साथै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment