
२१ फागुन, काठमाडौं । सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेतका प्रहरी नायव उपरीक्षक रवी रावलले अनलाइनखबरलाई जानकारी दिए ।
दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा अनियन्त्रित भई सडकदेखि ४ सय मिटर तल खसेर दुर्घटना हुँदा तीनै जनाको घट्नास्थलमै मृत्यु भएको उनले बताए ।
घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाइएको रावलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4