Comments Add Comment

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख रुपैयाँ सहयोग

२१ फागुन, काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–१ स्थित देवीस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रुपैयाँ नगद सहयोग गरेको छ ।
मंगलवार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४७६ विद्यार्थी लाभान्वित हुनेछन् । सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइराला र बैंक व्यवस्थापनका सदस्यको पनि उपस्थिति थियो । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment