+
+
Shares

अस्पतालमा मैनवत्ती बालेर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ फागुन २१ गते १९:०२

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै त्रिवि शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ ।

बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ सं‌गठन अनेरास्‍ववियूका कार्यकर्ताले मैनवत्ती बालेका हुन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको दिन साँझ अनेरास्ववियूका कार्यकर्ताले मैनवत्ती बालेर ‘गेट वेल सुन पीएम’ लेखेका हुन् ।

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रत्यारोपण कक्षमा राखी उपचारलाई निरन्तरता दिएको शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भइरहँदा शिक्षण अस्पताल बाहिर ठूलो संख्यामा शुभेच्छुक र पार्टी कार्यकर्ता जम्मा  भएका थिए ।

हेर्नुहोस् थप तस्वीरहरु

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?