+

साविक विजेता म्यानचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा

२०७६ फागुन  २२ गते ८:०३ २०७६ फागुन २२ गते ८:०३
साविक विजेता म्यानचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा

२२ फागुन, काठमाडौं । साविक विजेता म्याचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको खेलमा शेफिल्ड वेनस्डेलाई १-०ले पराजित गर्दै सिटीले अन्तिम आठमा स्थान बनाएको हो ।

सिटीको जितमा सर्जियो अगुएरोले एक मात्र गोल गरे । उनले ५३ औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

यस्तै लेस्टर सिटीले बर्मिङहम सिटीलाई पनि १-० ले नै पराजित गर्दै कवाटरफाइनलमा स्थान बनाएको छ । लेस्टरका लागि रिकार्डो परेइराले ८२औं मिनेटमा गोल गरेका थिए ।

उता टिम क्रुल नायक बन्दा नर्विचले टोटनहमलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको छ । क्रुलले दुई पेनाल्टी रोकेपछि नर्विचले टोटनहमलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

नर्विचले अब क्वाटरफाइनलमा म्यानचेष्टर युनाइटेड वा डर्बी काउन्टीसँग खेल्नेछ । यी दुई टोलीबीच बिहीवार राति अन्तिम प्रिक्वाटरफाइनल खेल हुँदैछ ।

यस्तै क्वाटरफाइनलमा चेल्सीले लेस्टर सिटी, आर्सनलले शेफिल्ड युनाइटेड र म्यानचेष्टर सिटीले न्यूकासल युनाइटेडसँग खेल्ने भएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय