Comments Add Comment

नेपाल आइपुगिन् मिस वर्ल्ड टोनी

‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहिबार उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । तीन दिन लामो भम्रण तय गरेर टोनी नेपाल आइपुगेकी हुन् ।

मिस नेपाल आयोजक संस्था हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन् । उनीसँग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लसमेत नेपाल आएका छन् ।

टोनी नेपाल आउनुको मुख्य उद्येश्य भनेको मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवाडाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्नु हो । जसको लागि उनी शुक्रबार नै सिन्धुपाल्चोकको हेलम्बु पुग्ने तय भएको छ ।

हेलम्बु पुगेर उनले त्यहाँ निर्माण भइरहेको हिमालय ग्रेट ट्रेल अवलोकन गर्नेछिन् । हेलम्बुकै सोल्सिङ गाउँमा अनुष्काले गरिरहेको प्रोजेक्‍ट पनि टोनीले हेर्नेछिन् ।

त्यसपछि टोनी मकवनपुर पुग्ने तय भएको छ । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्नको लागि उनी मकवनपुर जान लागेकी हुन् ।

दुवै मिस नेपालले आफूले गरिरहेको प्रोजेक्टको भिडियो देखाएर मिस वर्ल्डमा ‘ब्युटी युथ पर्पोस’को टाइटल हात पारेका थिए । नेपालले अहिलेसम्म मिस वर्ल्डमा तीन पटक ‘ब्युटी युथ पर्पोस’को टाइटल जितिसकेको छ ।

तस्वीर सौजन्य : उमेश कार्की ‘अन्जान’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment