Comments Add Comment

नेपाल र अष्ट्रेलियाबीचको खेल सर्ने सम्भावना

फाइल तस्वीर

२२ फागुन, काठमाडौं । यही मार्च अन्तिममा नेपालमा हुने तय भएको विश्व कप छनोट अन्तर्गतको खेल सर्न सक्ने सम्भावना बढेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण खेलकुद गतिविधि प्रभावित भएको छ । त्यसैले नेपालमा पनि खेलकुद गतिविधि प्रभावित हुन सक्ने सम्भावना बढेको हो ।

समूह बी अन्तर्गत नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा हुँदैछ । अष्ट्रेलियाले खेल सार्न एएफसीमा निवेदन दिएको खबर सार्वजनिक भएपछि खेल हुने–नहुने अन्योल बढेको छ ।

यद्दपि अहिलेसम्म कुनै निर्णय नभएको र पत्रबारे कुनै जानकारी नभएको एन्फा प्रवक्ता किरण राईले बताए ।

अहिले नेपालमा बी डिभिजन लिग फुटबल भइरहेको छ भने मोफसलमा नकआउट टुर्नामेन्टहरु भइरहेको छ । तर एन्फाले खेल रोक्ने वा गर्ने भन्नेबारे केही आधिकारिक निर्णय भएको छैन । एन्फाले आफैं पनि चैत ३ गतेदेखि महिला लिग आयोजना गर्दैछ ।

यसैबीच राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाले अहिले भइरहेका खेलकुद प्रतियोगिता र अब हुने खेलकुद प्रतियोगिता कोरोनाको संक्रमण कम नभएसम्म रोक्नको लागि विज्ञप्ती जारी गर्ने तयारीमा रहेको बताए ।

उनले राखेप सदस्य सचिव काठमाडौं बाहिर रहेकाले अहिले निर्णय सार्वजनिक हुन ढिलाइ भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment