Comments Add Comment

‘नो मास्क प्लिज…’

२२ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तर, नेपालमा भने मास्क तथा स्यानिटाइजरको समेत अभाव छ । राजधानीका अधिकांश औषधि पसलमा सोध्दा मास्क छैन भन्छन् । कतिपय फार्मेसीले त ‘पसलमा मास्क छैन, नो मास्क’ जस्ता सूचना लेखेर टाँसेका छन् ।

विश्वभर अहिलेसम्म ८१ भन्दा बढी देशमा कोरोना संक्रमण फैलदाँ ९५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। ३ हजार २ सय मानिसको मृत्यु भएको छ भने ५३ हजार २ सय ७६ जना मानिस संक्रमण भएर पनि निको भएका छन् ।

विश्वभर यस्तो भयावह अवस्था आइसक्दा नेपाली बजारमा मास्कसमेत नपाउँदा नागरिकहरु कसरी जोगिने ? त्यसैले अहिले बजारमा उखान चलेको छ, ‘सरकारले त्यस्तै हो कोरोनाबाट नेपालीलाई पशुपतिनाथले बचाउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment