+
+
Shares

भद्रपुर विमानस्थलमा कोरोना सहायता कक्ष  

रासस रासस
२०७६ फागुन २२ गते १५:२३

२२ फागुन, भद्रपुर । कोरोना भाइरस भित्रन नदिन झापाको चन्द्रगढी विमानस्थलमा बिहीबारदेखि कोरोना भाइरस सहायता कक्ष स्थापना गरिएको छ ।

भारतलगायत तेस्रो देशका मानिसको समेत आवतजावत हुने विमानस्थलमा कोरोना भाइरसविरुद्ध सचेतना अपनाउँदै विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।

भद्रपुर नगरपालिका, स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ आजदेखि सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?