२२ फागुन, पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कप बिहीबार पोखरामा सुरु भएको छ ।
साहारा क्बलको आयोजनामा भएको प्रतियोगिता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले उद्घाटन गरेका छन् । मुख्यमन्त्री गुरूङले सबै मिलर कोरोना भाइरस संक्रमणको सावधानी अपनाउनुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक कार्यक्रम नगर्न सूचना जारी गरेको छ । तर, नेपाल र पोखरा कोरोना भाइरसबाट सुरक्षित रहेको तथा सबै तयारी पूरा भइसकेकाले गोल्डकप सुरू भएको सहाराका अध्यक्ष केशव थापाले बताए ।
गोल्डकपको पहिलो खेल आयोजक साहारा र ब्रिगेड ब्वाइज क्लबबीच भएको छ ।
उद्घाटन कार्यक्रममा ३५ हजार रूपैयाँसहित खेलाडी सुजल श्रेष्ठलाई वर्ष उत्कृष्ट खेलाडीको सम्मान दिइएको छ ।
१८ औं संस्करणको आहा रारा गोल्ड कपमा एक विदेशीसहित १० टिम सहभागी छन् । प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया 4