+
+
Shares

बागमती सरकारको आग्रह : हात नमिलाउने, नमस्कार गर्ने !

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १८:२६

२२ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न प्रदेशबासीलाई हात नमिलाउन र भीडभाडमा नजान आग्रह गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एक अर्काबीच हात मिलाउँदा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै हात नमिलाउन जनसमुदायमा आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।

उनले हात मिलाउनुको सट्टा नेपाली संस्कृतिको नमस्कार गर्न अपिल गरिएको पनि बताए । मन्त्रिपरिषद बैठकले मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली र मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यवाद दिएको छ ।

यस्तै प्रदेशका संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता ढुंगेलले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले प्रदेश सूचनाको हक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृति दिने, चालु आर्थिक बर्षको लागि प्रदेश विशेष अनुदान तर्फका थप योजनाहरु स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानीको निर्णय समेत खारेज गरेको छ । यसअघि साझा सहकारी संस्थासंग मिलेर बस सञ्चालन गर्ने भनिए पनि सहमतिअनुसार काम नभएकोले सहमति खारेज गरिएको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?