Comments Add Comment

मिस वर्ल्ड २०२० नेपालमा गर्नेबारे प्रारम्भिक छलफल

२२ फागुन, काठमाडौं । विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेकी छन् । मिस नेपाल आयोजक हिडन ट्रेजर प्रालीको पहलमा मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएकी हुन् ।

मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसहित आएकी जमैकाकी सुन्दरी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरे ।

उनीहरुले बिहीबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि भेटेका छन् । भेटमा मिस वर्ल्ड २०२० नेपालमा आयोजना गर्न सम्भव भए नभएको विषयमा कुराकानी भएको थियो ।

स्रोतकाअनुसा यो सौन्दर्य प्रतियोगिता नेपालमा गर्न सम्भव छ छैन भन्ने भन्ने बुझ्न आयोजक संस्थाकी अध्यक्ष मोर्ली आफैं आएकी हुन् ।

मन्त्रीसँग भएको भेटमा पनि उनले डिसेम्बरमा हुने प्रतियोगिता आयोजना गर्ने लक्षित देशहरू मध्ये एक नेपाल पनि भएको बताएकी थिइन् ।

जवाफमा मन्त्री भट्टराईले भने यदि नेपालमा हुने भयो भने सहजीकरण गर्ने आश्वासन दिएका छन् । ‘सरकार आयोजक हुने होइन, वातावरणसम्म बनाइदिने हो’ मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रीज्यूले तपाईहरूले लोकल आयोजकहरुसँग छलफल गर्नुस् र, उपयुक्त प्रस्ताव ल्याउनुस् भन्नु भएको छ ।’

तर अहिले प्रारम्भिक छलफलमै रहेकाले मिस वर्ल्ड २०२० नेपालमा हुने नहुने भन्न गाह्रो हुने एक अधिकारीले बताए ।

सोलसिङ गाउँ पुग्नेछिन् टोनी

मिस वर्ल्ड – २०१९ मा नेपालको प्रतिनिधित्व गरेकी अनुष्काले ब्यूटी विथ पर्पस’ अवार्ड जितेकी थिइन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा ७ को सोलसिङ गाउँमा सञ्चालन गरेको स्वावलम्बन प्रोजेक्टलाई प्रस्तुत गरेकी थिइन् ।

विश्व सुन्दरी टोनीले भोलि शुक्रबार त्यो प्रोजेक्टको अवलोकन गर्ने कार्यक्रम छ । त्यो परियोजनामार्फत् सोलसिंङ गाउँका १४० घर परिवारको शिक्षा, स्वास्थ्य र आर्थिक सवलीकरणमा काम भइरहेको अनुष्काले बताएकी छन् ।

यस्तै पूर्व मिस नेपाल श्रृंखलाले चेपाङ वस्तीमा सञ्चालन गरेको प्रोजेक्ट पनि अवलोकल गर्ने कार्यक्रम छ । २०१८ को मिस वर्ल्डमा शीर्ष पाँचमा पुगेकी उनको त्यो प्रोजेक्टले पनि मल्टिमिडिया अवार्ड हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment