Comments Add Comment

सेनाभित्रको भ्रष्टाचार अख्तियारलाई छानबिन गर्न दिन सुझाव

२२ फागुन, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको कार्यदलले नेपाली सेनाभित्रको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिन सुझाव दिएको छ ।

सांसदहरु दिलेन्द्रप्रसाद बडु, रेखा शर्मा र नवराज सिलवाल सदस्य रहेको कार्यदललेसेनाभित्रको नीतिगत भ्रष्टाचारबारे संसदीय समितिमा छलफल गर्न र पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीविरुद्धको भ्रष्टाचारसम्बन्धी उजुरी अख्तियारमा पठाउन सुझाव दिएको छ ।

नेपाल सेनाको मुख्यालय पुनर्निर्माण, सेना संलग्न अन्य विकास निर्माणका काम र सेनाका लागि आवश्यक वस्तुहरुको खरिद प्रक्रियामा अनियमितता हुने गरेको भन्दै सांसद रेनुका गुरुङले समितिमा उजुरी दिएकी थिइन् । त्यसपछि समितिले उक्त उजुरीबारे छलफल गर्न कार्यदल गठन गरेको हो ।

बिहीबारको समिति बैठकमासांसद दिलेन्द्रप्रसाद बडूले नेपाली सेनाको विश्वसनीयता कायम हुनुपर्ने बताए । सांसद रेखा शर्माले सेना निर्विवाद र पारदर्शी हुनुपर्ने बताइन् ।

‘सेना पारदर्शी हुनुपर्छ’

नेकपाका सांसद लालबाबु पण्डितले नेपाली सेनामाथि प्रश्न उठ्नु ठीक नहुने भन्दै पारदर्शी हुनुपर्ने बताए ।

‘सेनाको हरेक लेखा परीक्षण समयमा र वैधानिक रुपमा हुनुपर्छ । महालेखाले प्रश्न उठाइरह्यो भने बाहिर पनि प्रश्न उठिरहन्छ’ पण्डितले भने ।

सांसद देवेन्द्रराज कंडेलले सेनालाई विकास निर्माणको काममा लगाउन नहुने बताए । ‘सेनालाई ठेकेदार बनाउने हो कि सुरक्षाको जिम्मा दिने हो । सबैभन्दा पहिले यो प्रष्ट हुनुपर्छ’ कंडेलको भनाई छ ।

सांसद अमरेशकुमार सिंहले पूर्वप्रधानसेनापति क्षेत्रीले गरेको भनिएको भ्रष्टाचारबारे छानविनको माग गरे ।

कांग्रेसकै सांसद डिला संग्रौलाले गुल्महरुलाई आफुखुसी बजेट दिने, बढुवामा मनोमानी हुने, विकास निर्माणमा अनियमितता हुने जस्ता आरोपको छानविन हुनुपर्ने बताइन् ।

रक्षामन्त्री र प्रधान सेनापति गएनन्

बिहीबार समिति बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा बोलाए पनि गएनन् ।

रक्षामन्त्रीको सट्टा रक्षासचिव रेश्मीराज पाण्डे उपस्थित थिए । प्रधानसेनापति थापाको सट्टा रथी शरद गिरी नेतृत्वको टोली गएको थियो ।

समिति सभापति शशी श्रेष्ठले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्रीसमक्ष पु¥याइदिन रक्षासचिव पाण्डेलाई निर्देशन दिइन् ।

संसदीय समितिले छलफलमा बोलाउँदा उपस्थित नभएर रक्षामन्त्री पोखरेल र प्रधानसेनापति थापाले संसदीय समितिको गरिमालाई लत्याएको आरोपसमेत सांसदहरुले लगाए ।

‘संसदीय समितिको गौरव र गरिमाको लागि रक्षामन्त्री र प्रधानसेनापति सहितको उपस्थिति भएको भए राम्रो हुने थियो’ नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले भने ।

मन्त्री र प्रधानसेनापति नभएपछि सांसदहरु श्रेष्ठ, झपट रावल, वृजेशकुमार गुप्ता, अमरेशकुमार सिंह लगायतले बैठक स्थगित गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment