Comments Add Comment

नेपाल भर्सेस सिंगापुर : मैदान तयार नहुँदा टस हुन सकेन

२३ फागुन, काठमाडौं । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीच शुक्रबार बिहान खेल हुने तय थियो । तर मैदान भिजेकाले समयमा तयार नहुँदा खेलमा टससमेत हुन सकेको छैन । स्थानीय समयअनुसार बिहान ९ः३० मा खेल शुरु हुनुपर्ने थियो ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा पानी परेकाले पिच समेत गिलो भएको छ । त्यसैले तोकिएको समयमा मान तयार नभएकाले खेल शुरु हुन सकेन ।

त्यसपछि अम्पायरले साढे १० बजे मैदान निरीक्षण गर्दा पनि तयार भएन । फेरि अर्को निरीक्षण स्थानीय समय अनुसार सवा ११ बजे राखिएको छ । त्यसबेलासम्म पनि तयार नभएमा खेल नै रद्द हुने सम्भावना छ ।

प्रतियोगितामा सिंगापुरले लगातार तीन खेल जितेर शीर्ष दुईमा स्थान पक्का गर्दै एसिया कप क्वालिफायरमा समेत स्थान सुरक्षित गरिसकेको छ ।

उपाधि जित्ने लक्ष्य बनाएर थाइल्याण्ड गएको नेपाल भने शुरुवाती दुई खेलमा हार व्यहोरेपछि लक्ष्य पूरा गर्न असफल भएको छ ।

आजै मलेसिया र हङकङबीच अर्को खेल हुँदैछ । उक्त खेलको विजेता पनि एसिया कप क्वालिफायरमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment