Comments Add Comment

कोरोनाले एसियाको विकासशील अर्थतन्त्रमा उल्लेख्य असर पर्ने एडिबीको आँकलन

२३ फागुन, काठमाडौं । एसियाली विकास ब्याङ्क (एडीबी)ले चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को महामारीले एसियाका विकासशील अर्थतन्त्र भएका देशहरूमा उल्लेख्य असर पर्ने आँकलन गरेको छ ।

महामारीका कारण आन्तरिक मागमा कमी आउने, पर्यटन तथा व्यावसायिक यात्रा कम हुने, व्यापारिक तथा उत्पादनमूलक सम्बन्ध टुट्ने, ढुवानी प्रणाली अवरुद्ध हुने लगायतका असर देखिन सक्ने एडीबीको नयाँ विश्लेषणको निष्कर्ष छ ।

महामारीले आगामी दिनमा कस्तो रूप लेला र यो कुन दरमा फैलेला वा नियन्त्रण होला भन्ने अझै अनिश्चित रहेकाले आर्थिक क्षतिको स्पष्ट आकार भने अहिल्यै आँकलन गर्न नसकिने एडिबीको भनाइ छ ।

यद्यपि हालसम्म प्राप्त तथ्यहरूका आधारमा यस महामारीले विश्वभरिमा कुल ७७ अर्ब अमेरिकी डलरदेखि तीन खर्ब ४७ अर्ब डलरसम्मको क्षति हुने प्रारम्भिक निष्कर्ष छ । त्यसमध्ये चीनले नै ४४ अर्बदेखि दुई खर्ब ३७ अर्ब डलरसम्मको घाटा ब्यहोर्नेछ भने चीनबाहेकका एसियाली विकासशील देशहरूले १६ अर्बदेखि ४२ अर्बसम्मको घाटा सहनुपर्नेछ ।

एडीबीले सम्बन्धित सरकारहरूलाई महामारीबाट हुने आर्थिक तथा मानवीय क्षतिलाई कम गर्न स्पष्ट र निणर्ायक कदम चाल्न आहृवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment