Comments Add Comment

एसियामा हुने विश्वकप छनोटका खेलहरु स्थगित

२३ फागुन, काठमाडौं ।  विश्वभर फैलिएको कोरोना भाइरसको असरले विश्वकप छनोट अन्तर्गत एसियामा हुने खेलहरु स्थगित गरिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको रुपमा रहेका खेलहरु तत्काल लागि स्थगित गर्ने निर्णय गरेको छ ।

फिफाको मुख्यालयमा बिहीबार फिफा र एएफसीको संयुक्त बैठक बसेको थियो । उक्त बैठकले व्यक्तिहरुको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै छनोट चरणका खेलहरु स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

यसबारे सबै सदस्य संघहरुलाई जानकारी गराइनेसमेत जनाएको छ ।

फिफा र एएफसीले आफ्ना विशेषज्ञहरुसँग आवश्यक परामर्श गरेर विश्वकप छनोट, एसियन कप छनोट, महिला ओलम्पिक छनोटलगायतका विभिन्न खेलकुद गतिविधिहरुबारे सम्बन्धितलाई जानकारी गराउनेसमेत बताएको छ ।

फिफाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) संगै महसंघ र सदस्य राष्ट्रहरुसंग सहकार्य गरेर कोरोना भाइरसको प्रभावबारे निरीक्षणलाई निरन्तरता दिने पनि जनाएको छ ।

पिफाको यस निर्णयपछि नेपालले यसै मार्चको अन्तिममा घरेलु मैदानमा खेल्ने तय भएको दुई खेल पनि अनिश्चितकालका लागि स्थगित भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषदले पनि बिहीबारै विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु रोक्न निर्देशन दिएको छ ।

फिफाले एएफसीको सदस्य राष्ट्रसंग छलफल गरेर अर्को खेल तालिका सार्वजनिक गर्ने जनाएको छ ।

विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत समूह बी मा छैटौं र सातौं चरणको नेपालले घरेलु मैदानमा खेल्ने तालिका थियो । नेपालले चाइनिज ताइपेसँग मार्च २६ (चैत १३) र अष्ट्रेलियासँग  मार्च  (चैत १८) मा खेल्ने तय थियो ।

छनोट अन्तर्गत समूह बी मा ५ खेल खेलिसकेको नेपालको जम्मा ३ अंकसहित चौथो स्थानमा छ । नेपालले एक खेल मात्र जितेको थियो । बाँकी चार खेलमा पराजित भएको थियो । समूह बी मा अपराजित अष्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ । पाँचै खेल हारेको चाइनिज ताइपेई अंकविहीन हुँदै पुछारमा छ । कुवेत र जोर्डनले समान १० अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment