Comments Add Comment

सशस्त्र इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

२३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको छ ।

व्यापार व्यवसायमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले चापागाईंविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्त प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

झापाको टांघनडुब्बास्थित बीओपीमा कार्यरत रहेको समयमा चापागाईंले उक्त रकम घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अनुसन्धानको क्रममा चापागाईंले घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment