Comments Add Comment

स्टार्कले आफ्नो खेल छाडेर श्रीमतीले विश्वकप फाइनल खेलेको हेर्ने

अष्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कले दक्षिण अफ्रिका विरुद्धको तेस्रो ओडीआई गुमाउने भएका छन् । आप्नै देशमा भइरहेको आईसीसी महिला टी २० विश्वकप फाइनल खेल हेर्न उनी आफ्नो खेल छाडेर अष्ट्रेलिया फर्कने भएका हुन् ।

स्टार्ककी श्रीमती एलिसा हेले टी २० विश्वकपको फाइनल खेल्ने अष्ट्रेलियन टिममा छिन् । घरेलु टोली अष्ट्रेलियाले उपाधिका लागि मेलवर्न क्रिकेट मैदानमा भारतसंग फाइनल खेल्दैछ ।

महिला विश्वकप फाइनलकै दिन अष्ट्रेलियन पुरुष टिमले दक्षिण अप्रिकासंग तेस्रो ओडीआई खेल्दैछ ।

मिचेल स्टार्कलाई उक्त खेल हेर्नको लागि टिमबाट रिलिज गरिएको अष्ट्रेलियाका हेड कोचले जस्टिन लान्जरले बताए । उनले स्टार्कको लागि यो जीवनकै महत्वपूर्ण अवसर रहेको बताएका छन् ।

‘घरेलु मैदानमा एलिसा विश्वकप फाइनल खेलेको हेर्न पाउनु स्टार्कको लागि जीवनकै महत्वपूर्ण अवसर हो । त्यसैले हामीले उनको श्रीमतीको खेल हेर्न र उक्त माहोलमा सहभागि हुन अवसर दिएका छौं’ लान्जरले भने ।

उनले मिचेल स्टार्क नहुँदा पनि टिममा बलिङ अप्सन रहेको र जोस हाजलउड, झे रिचर्डसन र केन रिचर्डसन मध्ये एक जनाले अवसर पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment