Comments Add Comment

एपीएफलाई हराउँदै झापा–११ क्वार्टरफाइनलमा

२३ फागुन, पोखरा । पोखरामा जारी आहारारा गोल्डकपमा विभागीय टिम एपीएफलाई हराउँदै झापा–११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापा क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारितमा कुनै पनि गोल हुन सकेन । अतिरिक्त समय १/१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा गएको थियो । झापा–का हेमन्त थापामगर, मौषम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र सन्जित राईले टाइब्रेकरमा गोल गरे ।

एपीएफका नवीन लामा, राजीव लोप्चन र राजु नगरकोटीले गोल गरे । सुदीप शिख्राकारको प्रहार भने खेर गयो । झापाका किपर राजकुमार लिम्बुले सुदीपको प्रहारलाई गोल हुनबाट बचाएका थिए ।

गोलरहत बराबरीमा निर्धारित समय सकिएपछि अतिरिक्त समयमा सुनील खड्काले गोल गर्दै झापा–११ लाई अग्रता दिलाएका थिए । तर, अतिरिक्त समय पनि सकिनै लागेका बेला एपीएफका लागि आकाश बुढामगरले गोल गर्दै खेल १/१ गोलको बराबरीमा पुर्‍याउन सफल भएका थिए ।

बिहीबारदेखि सुरु भएको आहारा गोल्डकपको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई गराउँदै आयोजक साहारा क्लबले विजय सुरुवात गरेको थियो । शनिबार पहिलो क्वार्टरफाइनल खेल आयोजक सहारा क्लब र विभागीय टोली नेपाल प्रहरीबीच हुने छ ।

प्रतियोगितामा १ विदेशीसहित १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment