Comments Add Comment

फुटबलमा कोरोनाको प्रभाव : महिला राष्ट्रिय लिग स्थगित

काठमाडौ । कोरोनाले प्रभाव नेपाली फुटबलमा पनि परेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण नेपालको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल र पुरुष राष्ट्रिय टिमको प्रशिक्षण रोकिएको हो ।

एन्फाले महिला लिग तोकिएको मिति भन्दा ढिला हुने जनाएको छ । लिगको पहिलो चरण चैत ३ देखि १३ गतेसम्म धरान रंगशालमा हुने तय थियो । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीवार मात्रै चैत ३ गते देखि महिला लिग आयोजना गर्ने भन्दै खेल तालिका नै सार्वजनिक गरेको थियो ।

त्यसको एकदिनपछि नै एन्फाले उक्त लिग तत्कालको लागि स्थगित भएको जनाएको हो ।

यस्तै फिफा विश्वकप र एएफसी एसियन कप छनोट अन्तर्गत चाईनिज ताईपेई र अष्ट्रेलियासँग घरेलु मैदानमा हुने खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षण स्थगित गरिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले बिहीबार संयुक्त बैठक बस्दै मात्रै आफ्ना एसियाली सदस्य राष्ट्रलाई आगामी फिफा विश्वकप छनोटका खेल स्थगित गर्नेबारे पत्र पठाएको थियो ।

कोरोनाको सम्भावित संक्रमणबाट बच्न राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिहिबार मात्रै स्वास्थ्यलाई ध्यानमा राख्दै अहिले भइरहेको चलिरहेका खेलकुद गतिविधिहरु स्थगित गर्न सूचना जारी गरिसकेको छ ।

नेपालले आगामी चैत १३ गते चाईनिज ताईपेई र चैत १८ गते अष्ट्रेलियासँग विश्वकप छनोट खेल्न तालिका थियो । त्यसका लागि सातदोबाटोस्थित एन्फा मैदानमा नेपाली टिमले केही दिनयता तयारी गरिरहेको थियो ।

फिफा र एएफसीको पत्र, राखेपको सूचना पछि एन्फाले पनि सम्पूर्ण फुटबल गतिविधि स्थगित गर्ने निर्णय गरेको हो । यसले अर्थ अब विश्वकप छनोट अन्तर्गतको खेल तत्काल नहुने भएको छ ।

यसैगरी एन्फाले जिल्लामा हुने सम्पूर्ण फुटबल गतिविधि समेत रोक्न जिल्ला फुटबल संघलाई निर्देशन दिएको छ । नाएको छ । यस्तै सम्बन्धित निकालयलाई अब हुने फुटबल गतिविधि अर्को सूचना नआएसम्मको लागि रोक्न भनेको छ ।

अहिले भइरहेको प्रतियोगिता भने स्थगित नहुने एन्फाले जनाएको छ । यदी सरकार वा खेलकदको आधिकारिक निकायले आग्रह गरेमात्र रोकिने जनाउको छ ।

एन्फाकै आयोजनामा सातदोबाटोस्थित एन्फा कम्पेलेक्स मैदानमा बी डिभिजन लिग फुटबल भइरहेको छ । यस्तै मोफलमा आहा रारा गोल्डकप र माइभ्याली गोल्डकप सञ्चालन भइरहेको छ । बुटवलमा चैत १ गतेबाट आयोजना गरने भनिएको २२औं तिलोत्तमा गोल्डकप भने स्थगित भइसकेको छ ।

बिहीवारै एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेट लिग स्थगित गर्ने आयोजकले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment