+
+
Shares

रणवीरले सम्झाए कपिल देवले ट्रफी उचालेको त्यो क्षण

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २४ गते १५:२५

भारतिय क्रिकेटर कपिल देवको वायोपिक चलचित्र ‘८३’ तयार भएको छ । चलचित्रमा रणवीर सिंह कपिल देवको भूमिकामा प्रस्तुत भएका छन् । सार्वजनिक केही तस्विर र भिडियो हेर्दा रणवीरलाई दुरुस्तै कपिल देख्न सकिन्छ ।

हालै सामाजिक संजालमा एक तस्विर भाइरल भइरहेको छ । रणवीरले विश्वकपको ट्रफी उचालेको तस्विरलाई धेरै जनाले सेयर गरिरहेका छन् ।

कपिल देवले सन् १९८३ मा विश्वकप जितेको समयमा उचालेको ट्रफी अहिले रणवीरले उचालेका छन् । जुन तस्विरले कपिलको सम्झना दिएको भन्दै धेरैले तस्विर सेयर गरेका हुन् ।

तस्विरमा रणवीर कपिल देवको गेटअपमा प्रस्तुत भएका छन् । झट्ट हेर्दा उनी दुरुस्तै कपिल देव देखिन्छन् ।

चलचित्र ८३ मा रणवीरसँगै दीपिका पादुकोणको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा दीपिका कपिलको श्रीमतिको भूमिकामा देखिएकी छिन्‍ । चलचित्रलाई कविर खानले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?