२४ फागुन, काठमाडौं । सरकारले मास्कमा कालोबजारी गर्ने दुई मेडिकल हललाई दुई-दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।
वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २/२ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।
यसैगरी क्षेत्रपाटीकै एसजे सर्जिकललाई खरिद विल देखाउन नसकेपछि २० हजार जरिवाना गरिएको छ । त्यस्तै महाबौद्धको आरएफ फार्मेसीलाई पनि १० हजार जरिवाना तिराइएको छ ।
सरकारले गत मंगलबारबाट मेडिकलहरुमा मास्कको अवस्थाबारे अनुमगन थालेको छ । बजारमा कोरोना भाइरसको त्रास बढेपछि मास्क लुकाएर मंहगोमा बेच्नेहरु विरुद्ध विभागले छड्के अनुगमन गरिरहेको छ ।
अहिले बजारमा सामान्यतया ५ रुपैयाँमा पाइने मास्क ५० रुपैयाँसम्ममा विक्री भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4