Comments Add Comment

गर्मीमा शरीरलाई कसरी सितल बनाउने ?

गर्मी मौसम लागेपछि सबैभन्दा ठूलो शरीरलाई अत्यधिक गर्मीबाट बचाउनु हो । कहिलेकाहीँ गर्मी मौसममा शरीरले धान्न नसक्ने गरी गर्मी हुन्छ । गर्मी मौसममा देखिने मौसमको परिवर्तनले शारीरिक असन्तुलन पैदा हुन्छ । जसले जीउ सुन्निने, दिक्दारी हुने, विभिन्न संक्रमण हुनुका साथै बढी रिस उठ्नेजस्ता समस्या देखिन्छन् ।

त्यसो भए गर्मीयाममा शरीरलाई कसरी सन्तुलनमा राख्ने त ? स्वस्थकर र सही खानेकुराको छनोट नै गर्मीबाट पार पाउने उपाय हो । खाना खानु मानिसको आवश्यकता हो ।

तर, सही खाने कुराको छनोट गर्नु बुद्धिमत्ता हो । गर्मी मौसममा मानिसको शरीरको आन्तरिक ताप पनि बढिरहेको हुन्छ । यो समयमा खाना पचाउने क्षमता पनि कम हुन्छ । त्यसैले हल्का र शरीरलाई चिसो राख्ने खानेकुरा खानुपर्छ । त्यसका लागि प्राकृतिकरुपमा नै गुलियो, तीतो र चिसो राख्ने खाना राम्रो हुन्छ ।

सुनैना देवजु

यहाँ गर्मी मौसमको लागि उचित हुने केही खानेकुरा उल्लेख गरिएको छ –

१. तरकारी

तीतो, हरियो तरकारीहरु यो मौसमका लागि उचित हुन्छ । यसमा काँक्रो, कुरिलो, मटरकोसा, आलु, गेडागुडी, धनियाँ, बन्दा लगायतका तरकारी यो मौसममा राम्रो हुन्छ । तर, यो मौसममा रायो, मूला, प्याज, टमाटरजस्ता तरकारी भने सकेसम्म खानु हुँदैन ।

२. फलफूल

यो मौसममा गुलियो फलफूहरु खानु राम्रो हुन्छ । नरिवल, स्याउ, तरबुजा, अंगुर, आँपजस्ता फलफूल यो मौसममा खानु राम्रो हुन्छ । एभोकाडो पनि यो मौसमको लागि लाभदायक मानिन्छ । तर, अमिलो अंगुर, कटहर, कागती, सुन्तला, स्टबेरीजस्ता फलफूललाई भने सकेसम्म त्याग्नु नै राम्रो हुन्छ ।

३. प्राकृतिक रुपमा गुलियो खानु

गर्मीयाममा आफ्नो खानेकुुरामा मह पनि मिसाउनु राम्रो हुन्छ । महका साथै उखु पनि केही मात्रामा मिसाउन सकेको खण्डमा शरीरको तापलाई व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ ।

४. तेल

गर्मीयामको लागि घ्यू सबैभन्दा राम्रो हुन्छ । यस्तो अवस्थामा नरिवलको तेलले पनि शरीरको तापमान घटाउन सहयोग पुर्‍याउँछ । अलमण्ड, तोरी, लितको तेल भने प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

५. नट्स र बीउ

गर्मीयाममा फर्सीको बियाँ, सूर्यमुखीको बीउ, काँक्रोको बीउ, तरबुजाको बीउको सेवन राम्रो हुन्छ । काजु बदाम र ओखरले भने मानिसको शरीरको ताप बढाउन सहयोग गर्छ ।

६. गेडागुडी

सिमी, मास, भटमास लगायतका गेडागुडी गर्मीयामको लागि उचित हुन्छ । प्रशोधित भटमासका उत्पादन भने यो मौसमको लागि हानिकारक हुन्छ ।

७. अन्न

चामल, गहुँ, जौ लगायतका अन्नहरु मकै, कोदोजस्ता अन्न भन्दा गर्मीयामको लागि उचित मानिन्छ ।

८. डेरी उत्पादन

घ्यू, क्रिम, नौनी, पनीर, घरेलु चीज, दूध लगायतका डेरी उत्पादन गर्मीयाममा शरीरको लागि उचित मानिन्छ ।

९. मासु

रातो मासुभन्दा पनि सेतो मासु गर्मीयामको लागि उचित मानिन्छ । अण्डा र खसीको मासु पनि गर्मीयाममा राम्रो मानिन्छ । तर, सुँगुर, भेडाच्यांग्रा, माछाको मासु भने गर्मीको लागि उचित मानिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment