+

बेकह्यामको क्लबको लगातार दोस्रो हार

२०७६ फागुन  २५ गते १३:२० २०७६ फागुन २५ गते १३:२०
बेकह्यामको क्लबको लगातार दोस्रो हार

काठमाडौं । डेविड बेकह्यामको क्लब इन्टर मायमीले अमेरिका मेजर लिक सकर (एमएलएस) मा लगातार दोस्रो हार बेहोरेको छ । लिगमा आफ्नो पहिलो गोल गरेपनि मायामी डिसी युनाइटेडसँग पराजित भएको हो ।

खेलको दोस्रो मिनेटमै मायमीले अग्रता लिएपनि डिसीले उत्कृष्ट पुनारागमन गर्दै २-१ को जित हात पारेको हो ।

दोस्रो मनेटमा रोडोल्फो पिजारोल गोल गर्दै मायमीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा खेलले अर्कै मोड लियो । ५४औं मिनेटमा रोमन टोरेस रातो कार्ड खाँदै मैदान बाहिरिँदा मायमी दश खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै डिसीले दुई गोल गर्‍यो । ५९औं मिनेटमा डिसीका यामिल असदले पेनाल्टीमा गोल गर्द खेल बराबरी गरे । त्यसको दुई मिनेटपछि नै डिसीका लागि फेडेरेक ब्रिलान्टले गोल गर्द अग्रता दिलाए ।

यसअघि मायमी पहिलो खेलमा एलए ग्यालेक्सीसँग पराजित भएको थियो ।

इन्टर मायमीले यसै सिजनबाट एमएलएसमा डेब्यु गरेको हो । इंग्ल्याण्डका पूर्व कप्तान डेविड बेकह्यामले यो क्लब स्थापना ठूलो भूमिका खेलेका छन् । उनी चार मालिक मध्ये एक हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय