+
+
Shares

होलीको विदामा पनि ग्यास आयात गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते १७:३६

२५ फागुन, काठमाडौं । कोरोना त्रासले रित्तो सिलिन्डर भर्न उपभोक्ताहरु लाईनमा बस्न थालेपछि नेपाल आयल निगमले फागुको बिदामा पनि ग्यास आयात गर्ने भएको छ ।

ठूला सहरको मागलाई पुरा गर्न र उपभोक्तामा रहेको त्रास चिर्न ग्यास आयत गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

निगमको आग्रह पछि फागुन २६ र २७ गते सार्वजनिक विदाको दिन पनि ग्यास लोडदिन भारतीय आयल कर्पोरेसन्स तयार भएको उनले बताए । कार्यकारी निर्देशक पौडेलकाअनुसार दुई दिनमा करिब एक सय बुलेटमा ग्यास लोड हुनेछ । उक्त परिमाण भनेको झण्डै झण्डै एक लाख २५ हजार सिलिन्डर बराबर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?