Comments Add Comment

हरेक मौसमलाई उपयुक्त सनस्क्रिन

सनस्क्रिनको प्रयोग गर्मी मौसममा मात्र नभइ हरेक मौसममा आवश्यक पर्दछ । सनस्क्रिनले सनटेन, सनवर्न र प्री-म्याच्योर एजिङ्बाट जोगाउने भएकाले पनि यो निकै उपयोगी मानिन्छ । यसबाहेक यसलाई प्रयोग गर्नाले छालाको क्यान्सर हुने सम्भावना पनि कम हुन गर्दछ । यद्यपि, सनस्क्रिनको प्रयोग गर्दा केही कुराहरुमा ध्यान पुर्‍याउनु अति नै अनिवार्य छ ।

-सनस्क्रिनमा सबैभन्दा महत्वपूर्ण कुरा हुने गर्दछ एसपीएफ । कति एसपीएफको सनस्क्रिन छनोट गर्ने कुरा धेरै कुरामा निर्भर गर्छ । जस्तै छालाको प्रकार, तपाईं बसोबास गर्ने स्थान, त्यो स्थानको मौसम तथा तापक्रममा यो कुरा निर्भर गर्दछ । त्यसैले हरेक युवती तथा महिलासंग उनको ब्यागमा एउटा सनस्क्रिन भैरहनु पर्छ ।

-घर बाहिर भएको बेला अथवा घाममा हिंडिरहेको बेला प्रत्येक ३-४ घन्टामा सनस्क्रिन प्रयोग गर्नुपर्छ । अनुहारका लागि छुट्टै सनस्क्रिन प्रयोग गर्नुपर्छ । यदि तपाईंको छाला तैलिय छ भने ओयल फ्रि सनस्क्रिन प्रयोग गर्नुपर्छ । त्यस्तै संवेदनशील छालाका लागि पनि अलग्गै सनस्क्रिन लगाउन सकिन्छ ।

-प्रायः सनस्क्रिन प्रयोग गरेपछि छाला निकै कालो भएको अनुभव गरिन्छ । त्यसबाट जोगिनका लागि घाममा जानुभन्दा पहिले लगभग १५ मिनेट अघि नै सनस्क्रिन लगाउनु पर्छ । जसले गर्दा घर बाहिर जाँदा छालाको रंग सामान्य नै हुने गर्दछ ।

-सनस्क्रिन बाट अतिरिक्त सुरक्षाका लागि गर्मीमा सन ग्लासेस र ह्याट लगाउनु पर्छ ।

-सनस्क्रिन छनोट गर्दा त्यसको गुणस्तर पनि हेर्नु पर्दछ । स्प्रेको साटो क्रीम सनस्क्रिन राम्रो हुने गर्दछ ।

-आफ्नो टाउकोको छालाका लागि भिन्नै प्रकारको सनस्क्रिन प्रयोग गर्नुपर्छ । घामको किरण सोझै टाउकोमा पर्ने भएकाले सन सनस्क्रिनले तालुलाई पोल्नबाट जोगाउँछ ।

-क्रिम सनस्क्रिन सुख्ख छालाका लागि अति नै उत्तम हुने गर्छ, जेल सनस्क्रिन टाउकोको छालाका लागि राम्रो हुन्छ ।

-सनस्क्रिनलाई मोइश्चराइजरसंग पनि मिसाउन सकिन्छ । त्यसो गर्दा यो अझ प्रभावकारी बन्दछ ।

-शरीरको खुल्ला भागमा मात्रै सनस्क्रिन लगाउनु पर्छ भन्ने कुरा गलत हो । सनस्क्रिनलाई कपडाले ढाक्ने तथा नढाक्ने दुबै स्थानमा प्रयोग गर्न सकिन्छ ।

-सनस्क्रिन लगाएपछि आँखालाई बल प्रयोग गरी मिच्नु हुँदैन । यदि सनस्क्रिन आँखाभित्र पस्यो भने त्यसले आँखालाई हानी पुर्‍याउन सक्छ ।

-साना बालबालिकाहरुलाई सनस्क्रिन प्रयोग गर्नु हुँदैन । उनीहरुको छाला कोमल तथा संवेदनशील हुने भएकाले पनि उनीहरुलाई यसको प्रयोगबाट बचाउनु पर्छ । बढ्दो उमेरका बालबालिकालाई जिंक अक्साइडयुक्त अथवा टाइटेनियम डायअक्साइडयुक्त सनस्क्रिन राम्रो हुन्छ । उक्त सनस्क्रिन छाला भित्र पस्दैन र त्यसले छालालाई हानी पनि पुर्‍याउँदैन ।

-सनस्क्रिनको मात्रामा कुरा गर्ने हो भने अनुहार, तालु, हात, काँधमा एक-एक चिया चम्चा सनस्क्रिन प्रयोग गर्नुपर्छ । दुई-दुई चिया चम्चा भने छाती, जिउ र ढाड तथा खुट्टामा प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment