+
+
Shares

तिहार सुरु भएसँगै उपत्यकाका सडक सुनसान

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १३:४६

३ कात्तिक, काठमाडौं । तिहार सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् ।

आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने कोही कार्यालय बन्द हुँदा घरमै आराम गरिरहेका छन् ।

जसकारण पनि उपत्यकाका सडकमा सुनसान देखिन्छ । सडकमा सवारीसाधनहरुको चाप धेरै कम रहेको छ ।

मानिसहरू बजारमा सामान किनमेलमा व्यस्त देखिन्छन् । तिहार नेपालीहरुको बडा दशैँपछिको दोस्रो ठूलो चाड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?