+
+
Shares

अस्ट्रेलिया र दुबई लान्छु भनी लाखौं ठगी गर्ने २ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २६ गते १२:०६

२६ फागुन, काठमाडौैं । ‘अस्ट्रेलिया र दुबई लाने’ नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका २४ वर्षीय राजेश शाह र कपनका ललित तामाङ छन् ।

शाहलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र तामाङलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार, शाहले सप्तरी र धनुषाका ३२ जना युवालाई दुबई लैजान्छु भनेर ठगी गरेका थिए । उनले प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ उठाएको बोगटीको भनाइ छ ।

तामाङले अस्ट्रेलिया पठाउँछु भनेर प्रतिव्यक्ति ४० लाख रुपैयाँ उठाएको बोगटीको भनाइ छ । तामाङबाट पीडित ४ जना प्रहरीसम्म पुगेका छन् । अन्य पीडितको पनि खोजी भइरहेको उनले बताए ।

दुवै जनामाथि मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?