Comments Add Comment

बंगलादेश र माल्दिभ्स पनि पुग्यो कोरोना

२६ फागुन, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बंगलादेश र माल्दिभ्समा पनि पुगेको छ । दक्षिण एसियाली देश मध्ये यी दुबै देशमा कोरोनाको संकेत भोटिएको थिएन ।

बंगलादेशमा तीन जनामा कोभिड–१९ को संक्रमण भेटिएको हो । इपीडीयीमियोलोजी, रोग नियन्त्रण तथा अनुसन्धान संस्थान वा आईईडीसीआरका निर्देशक मेरजाड्डी साब्रिना फ्लोराका अनुसार दुई जना पुरुष र एक महिलामा कोरोनाको संक्रमण देखा परेको पुष्टि आइतबार गरेका हुन् ।

यस्तै माल्दिभ्समा पनि चार जनामा यसको संक्रमण देखिएको छ ।

सान्डीज रिसोर्टका दुई जनामा कोरोनाको संक्रमण भेटिएसँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या चार पुगेको हो ।

यसअघि कुरेदु टापु रिसोर्टका दुई जना कर्मचारीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि त्यहाँका स्वास्थ्य मन्त्री अब्दुल्ला आमेनले पत्रकार सम्मेलनमार्फत गरेका थिए ।

दक्षिण एसियामा भारतमा बढी

नेपालमा चीनबाट फर्केका एक विद्यार्थीमा कोरोना देखिएको थियो । उनी निको भएर घर फर्की सकेका छन् ।

दक्षिण एसियाली देशहरू मध्ये भारतमा सबैभन्दा बढी संक्रमित भेटिएको छ । पछिल्लो आंकडा अनुसार भारतमा ४३ जनामा कोरोना देखा परेको छ । उनीहरू मध्ये चार जना निको भइसकेका छन् भने ३९ जना आइसोलेसनमा राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment