Comments Add Comment

बजार अनुगमन गर्न नेपाल प्रहरीसहितको संयन्त्र बनाइने

२६ फागुन, काठमाडौं । कोरोना त्रासलाई देखाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने तथा चर्को मूल्य असुल्नेविरुद्ध कारबाही गर्न नेपाल प्रहरीसहितको संयुक्त अनुगमन संयन्त्र बन्ने भएको छ ।

वर्तमान आपूर्ति अवस्थाबारे सोमबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । ‘काठमाडौं उपत्याकासहितका ठूला सहरमा वाणिज्यको अनुगमन टोलीलाई सहयोग गर्ने गरी टोल बनाउन गृह मन्त्रालयसँग छलफल सुरु भएको छ,’ मन्त्री भट्टले भने ।

मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, आयल निगम र मन्त्रालयको एकीकृत टोलीले अहिले पनि बजार अनुगमन गरिरहेको भन्दै मन्त्री भट्टले नेपाल प्रहरीलाई त्यहाँ जोडिने बताए । काठमाडौंमा तत्कालै सुरु हुने यस्तो युनीफाइड अनुगमन प्रदेशमा भने प्रदेश सरकारको अनुकुलतामा गठन गरिने उनले बताए ।

अत्यवश्यक वस्तुको उपलब्धताबारे जनतालाई जानकारी दिन मन्त्रालय तथा सम्बन्धित विभाग र संस्थानमा हटलाइन सुविधा सञ्चालन गर्ने तथा कार्यालयहरुका समाजिक सञ्जाल पनि सक्रिय बनाउने मन्त्री भट्टको भनाइ थियो ।

सरकारी संस्थान र कम्पनीसंग खाद्यन्न र नुन चिनी जस्ता अत्यवश्यक वस्तुको मौज्दात प्रशस्त रहेको भन्दै मन्त्री भट्टले नीजि क्षेत्रले कार्टेलिङ गरे सरकारी कम्पनीमार्फत बजार हस्तक्षेप गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment