Comments Add Comment

थ्रीस्टार आहा रारा गोल्ड कपको सेमिफाइनलमा

२६ फागुन, पोखरा । १८ औं संस्करणको आहा ! रारा गोल्डकपमा थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार पोखरा रङ्गशालामा भएको खेलमा गान्टोक सिटी एफसी भारतलाई पाखा लगाउँदै थ्रीस्टार सेमिफाइनल प्रवेश गरेको हो । तेस्रो क्वार्टरफाइनलमा सोमबार पोखरा रङ्गशालामा भएको खेलमा गान्टोक सिटीलाई थ्रीस्टारले ३–० गोल अन्तरले पराजित गर्‍यो ।

थ्रीस्टारको जितमा सुशन श्रेष्ठले २ र सन्जोग राईले एक गोल गरे । खेलको ७८ औँ मिनेटमा दिपेश घलेको पासमा सन्जोगले बललाई जाली चुमाएका थिए भने खेलको अतिरिक्त समयमा सुशनले २ गोल गर्दै थ्रीस्टारको जीत सुनिश्चित गरे ।

थ्रीस्टारले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले क्वार्टरफाइनलमा घरेलु क्लब सहारालाई ट्राइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । थ्रीस्टार र पुलिसको खेल फागुन २८ गते बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment