+
+
Shares

सेयर बजार राताम्मे, कारोबार खुलेको १५ मिनेटमै ४५ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २७ गते ११:१६

२७ फागुन, काठमाडौं । ४ दिनको बिदा पछि पछि मंगलबार खुलेको सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुला भएसँगै ओरालो लाग्ने क्रम शुरु भएर सेयर बजार १५ मिनेटमा नै ४५ अंक भन्दा माथिको गिरावट आएको छ ।

१५ मिनेटमा ९२ वटा कम्प्नीक ३ लाख २४ हजार १ सय ९९ कित्ता सेयर किनबेच भइसकेका छन् । जसअनुसार कारोबार रकम १४ करोड ८ लाख रुपैयाँ भन्दा नाघेको छ ।

नेप्से परिसूचक ४५ अंक भन्दा माथिले ओरलो लागेर १३८९ दशमलव ८४ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार हुने सबै उपसमूहरु राताम्मे देखिएका छन् । सबैभन्दा धेरै बेंकिङ समूहमा गिरावट आएको छ । बैंकिङ उपसमूहमा १५ मिनेटमा नै ४ प्रतिशत भन्दा माथिको गिरावट आएको छ ।  याे ११ बजेर १५ मिनेटसम्मकाे अपडेट हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?